२०७७ जेठ १६, शुक्रबार
Close
बिज्ञापन
मीडीया माइनेपाल संबाददाता प्रतिक्रिया

रौतहट । रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये २६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

राजपुरका २४ र इशनाथका २ जनामा काेराेनाकाे संक्रमण पुष्टि हाे ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका नेपाली भयकाे जानकारी अायकाे छ । भारतबाट फर्किएर सिधै स्थानीय तहको क्वारेन्टाइनमा पुगेकामध्ये ९६ जनाको स्वाब संकलन गरेर गत मंगलबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा पठाइएकोमा २६ जनामा संक्रमण पुष्टि भएको  हाे । संक्रमीत उनीहरुलाई राजपुरमै निर्माण भएको आइसोलेसनमा राखिने भयकाे छ ।

राैतहडमा ‘दुई सय भन्दा बढीको स्वाब संकलन भइसकेको छ । सम्भवत आज साँझसम्म राजपुरको क्वारेन्टाइनमा एक साता भन्दा बढी समय रहेका सबैको स्वाब संकलन हुनेछ । राजपुरमा रहेको क्वारेन्टाइनमा ६ सय भन्दा बढी व्यक्ति रहेका छन् ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा रहेका २६ सय ४० जना नेपाली पछिल्लो एक साता रौतहट भित्रिएका थिए । उनीहरु सबै अहीले स्थानीय तहको क्वारेन्टाइनमा छन् ।

यसअघि रौतहटमा २१ जनामा कोरोना पोजेटिभ देखिए पनि ३ जना उपचारपछि घर फर्किएका छन् भने १८ जना संक्रमितको गौरमै रहेको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा उपचार भइरहेको छ । सोमबार २६ जना थपिएपछि रौतहटमा संक्रमितको संख्या ४७ पुगेको छ ।

प्रतिक्रिया
53610cookie-checkसोमबार मात्रै २६ जना थपिएपछि रौतहटमा संक्रमितको संख्या ४७ पुग्याे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824