२०७७ जेठ ०९, शुक्रबार
Close
बिज्ञापन
शरद बस्नेत प्रतिक्रिया

रौतहट – रौतहटको छुट्टाछुट्टै तीन स्थानमा गएराति भएको आगलागीबाट लाखौं बराबरको क्षति भएको छ ।

लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर तीन घरमा भएको आगलागीबाट १० लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।

गएराति ७ बजे परोहा नगरपालिका १ का शेख अलि अख्तरको घरमा आगलागी भएको थियो । सोही घरबाट सल्किएर छिमेकी अंशु रहमानको घरमा समेत आगलागी भएको थियो ।

आगलागीबाट अख्तरको घरको अन्न, लत्ताकपडा गरी कुल दुई लाख ७० हजार र छिमेकी रहमानको घरमा दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी, ईशनाथ नगरपालिका वडा १ स्थित चन्देश्वर यादवको घरमा रातीनै भएको आगलागी बाट घरमा रहेको अन्न लता कपडा गरी ६ लाखको क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

सदरमुकाम गौरबाट गएको दमकल, स्थानीय प्रहरी र गाँउलेहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ .

प्रतिक्रिया
53510cookie-checkरौतहटमा तीन ओटा घरमा आगलागी हुँदा लाखौंको क्षति

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824