क्वालालम्पुर मलेसिया । मलेसियामा जारी आवागमन नियन्त्रण (MCO) ले गर्दा मलेसियाकै सालाम लगायत विभिन्न ठांउमा समस्यामा परेका नेपालीहरुलाई गैर आवासिय नेपाली संघ (NRNA) मलेसियाले खाध्यान्न सामाग्रि उपलब्ध गराएकाे छ।
मलेसियाकाे क्वालालम्पुर मा रहनुभएका (NRNA) मलेसियाका बरिस्ठ उपाध्यक्ष सुन्दर आले मगर र महांसचिव हेमराज सापकोटा को नेतृत्व मा निरन्तर सके सम्म नेपाली हरु मा आएका समस्या हरु समाधान ग्रने प्रयास भैरहेकाे छ ।
यहि मे 12 तारिक मा sahlam seksen 7 मा र 17 तारिक काजाङ को 4 ठाँउ संगै पुचोङ्ग को 1 ठाउँ मा र महिला संयोजक श्रदा देवान को नेतृत्वमा आजकै मे 17 कै दिन मलक्का जिल्लामा समस्या परेका नेपालीहरु लाई राहतका सामाग्री उपलब्ध उपलब्ध गराएकाे छ।
क्वालालम्पुर, केलाङ्ग, कापर , मेरु, काजाङ लगायत को क्षेत्र मा (NRNA) मेसियाले आफ्नाे अभियानलाई तिब्र पारेकाे । र साथै सबै ले आफ्नो आफ्नो ठाउँ मा सक्ने भुमिका निभाउदै दुख मा परेका नेपाली हरु लाई सहयोग गर्न (NRNA) मलेसियाले अपिल समेत गरेकाे ।