क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19) ६७४२ जनामा संक्रर्मण देखा परेकाे छ,आज १६ मात्रै जनामा संक्रमण देखा परेकाे हाे । आज पनि मृत्यु हुनेकाे संख्या भने शुन्य रहयाे , हाल सम्म मृत्यु हुनेकाे संख्या जम्मा १०९ मा सिमित छ । भने हालसम्म ५२२३ जना निकाे भएर घर फर्किएका छन । मलेसियामा अहिले १४१० जाना संक्रमित उपचाररत छन ।
मलेसिया सरकारले मलेसियामा आवागमन नियन्त्रण काे चाैथाे आदेश का लागि मलेसियाका प्रधानमन्त्रीले यहि मे १० का दिन मलेसियाकाे यक सम्माेधन मार्फत (MCO) अर्थात आवागमन नियन्त्रणकाे समय आउदाे जुन ९ तारीक सम्म जारी रहने घाेषणा गरेका थिए।
मे १ तारीकका दिन पुन जनताकाे नाममा सम्बाेधन गर्दै तत्काल जारी (MCO) लाई गत मे ४ देेेखि केही हद सम्म खुकुलाे पारीने जनाएसंगै । जसमा हाेटल ब्यावसाय र अन्य ब्यावसायले केही मापदण्ड पुरागरी ब्ययवसाय संन्चालनमा आयका छन , भने आवत जावतमा मा विशेष चेकिङ जारी रहेकाे छ । साथमा अन्तराष्ट्रिय हवाई उडान र बैैैैैैैङ्किङ काराेवार गर्ने संघसस्था समेत संन्चालनमा आएका छन ।
मलेसियामा आवागमन नियन्त्रण खुकुलाे भए पश्चात् लगतै ४२ जना नेपालीमा काेराेना भाइरसकाे संक्रमण देखा परेकाे छ। तेस अघि ९ जना नेपालीमा मात्र संक्रमण देखा परेकाे थियाे । हाल मलेसियामा जम्मा ५१ जना नेपालीमा काेराेना भाइरसकाे संक्रमण देखा परेकाे छ भने त्यस मध्य ३ जना उपचार पछि काममा फर्किसकेका छन । हाल बांकि उपचाररत ४८ जना नेपालीकाे स्वास्थ अवस्था सामान्य रहेकाे जानकारी आयकाे छ ।