भारतकाे गुजरात राज्यकाे राजकाेट शहरमा ६ जना परिवारकासाथ बस्दै अाइरहेका अछाम बान्नीगढी गाउपालिका जनालिकाेट घर भएका सेरे हुडकेलाइ काम गरी बसिरहेकाे घरकाे मालिक (सेट) ले कामबाट निकालेकाे र धेरै दिन देखि घर खालि गर्न दबाब आएपछि आत्महत्या गरेका छन ! ५/६ जना परिवारलाइ के खुवाउ, कहाँ लिएर जाउ, जानसक्ने ठाउँ कहि छैन भन्दा भन्दै अाज बसेकाे रूम छाेडन अन्तिम अल्टिमेटम दिएकाेले दवाव सहन नसकी र परिवारलाइ कतै लिएर जाने विकल्प नै नभएपछि बाध्य भइ अाफै अात्महत्या गर्न पुगेकाे त्यहा भएका नेपालीहरूले जानकारी गराएका छन । अहिले उनका श्रीमति सहित लालावाला राेडमा अाएका छन । बन्दाबन्दीका कारण नेपालीहरूले कुनै सहयाेग गर्न नसक्ने अवस्थामा छन । कसले सुन्ने र देख्ने हाे याे दर्दनाक अवस्था । सरकारकाे कानमा पर्ने गरी सेयर गर्न सबैलाइ अनुराेध ।