२०७७ बैशाख २६, शुक्रबार
Close
बिज्ञापन

बाँके । निषेधित क्षेत्र घोषित नेपालगञ्जजमा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ।

झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ।

निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेका थिए।

प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

बजार बन्द गराउनेक्रममा प्रहरीमाथि हातपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता सिंहले बताए ।

स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई आज बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन) का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ।

आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ खड्काको भनाइ छ। रासस

प्रतिक्रिया
52341cookie-checkनिषेधित क्षेत्र घोषित नेपालगञ्जमा प्रहरी र स्थानीय व्यापारीबीच झडप

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824