२०७७ बैशाख २७, शनिबार
Close
बिज्ञापन

खोटाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभरि २२ हजार ९७८ जना क्वारेन्टाइनमा छन् । यो संख्या देशभरि उपलब्ध बेडभन्दा आधा कम हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल ४९ हजार १४४ वटा बेड छन् । तीमध्ये २६ हजार १६६ बेड खाली छन् ।

 

‘बस्नैपर्नेहरूले पनि सकेसम्म क्वारेन्टाइनमा बस्न नपरे हुन्थ्योजस्तो गर्छन्’ गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ भन्छन्, ‘आशंकित ठाउँबाट फकर्नेहरूले समेत क्वारेन्टाइन भनेको सरकारका लागि बसिदिने हो जस्तो गर्छन् ।’

कोभिड–१९ (नोवल कोरोना भाइरस) महामारी नियन्त्रण तथा रोकथामका लागि बनाइएको क्वारेन्टाइनमा राख्न कति गाह्रो छ भन्ने बुझ्न खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको अवस्था हेरे पुग्छ ।

नगरपालिकाले ४७ वटा बेड बनाएको छ । प्रत्येक वडामा ३ देखि ५ वटासम्म बेड पनि तयार छन् । हलेसी तुवाचुङमा दुई हप्ता क्वारेन्टाइनमा बसेका पहिलो लटमा ९ र दोस्रो लटमा १४ जना र्‍यापिड डाइनोनेस्टिक किट टेस्ट (आरडीटी) नेगेटिभ देखिएपछि घर फर्किसकेका छन् । अहिले १३ जना क्वारेन्टाइनमा छन् ।

त्यहाँ बस्नेहरूका लागि नगरपालिकाले साँझ बिहान दाल–भात, तरकारी र चिया, खाजाको व्यवस्था गरेको छ । हप्तामा एक दिन मासुको पनि व्यवस्था गरिएको छ ।

 

क्वारेन्टाइनमा बस्नेहरूले माग गरेपछि हप्तामा दुई पटक मासुको व्यवस्था पनि भयो । तर, यो माग पूरा भएपछि दिनहुँ मासु–भात, रक्सी र वाईफाईको माग आएको नगरस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण सर्वदलीय सर्वपक्षीय समन्वय समितिका एक सदस्यले  जानकारी दिए ।

‘दैनिक मासु दिन बजेटले पुग्दैन, रक्सी त झन नियमअनुसार नै दिन मिल्दैन भनेको, तोडफोडमै उत्रिए’ समन्वय समितिका ती सदस्य भन्छन्, ‘सम्झाई बुझाई त गर्‍यौं, फेरि बिरामी परेको बाहाना गरेर अर्को आपतमा पारे ।’

यो नगरपालिकाले लकडाउनका कारण आपतमा परेका १ हजार ३६९ जनालाई विभिन्न स्थानबाट उद्धार गरेको थियो । उद्धार गर्नुअघि नै नगरपालिकाले अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका १० बुँदे ‘घर फिर्ती कबुलियतनामा’ गराएको थियो । तर, अनुगमनका क्रममा कतिपयले होम क्वारेन्टाइनको नियम उल्लङ्घन गरे ।

नगरवासीको उद्धारमा १० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । तर, केन्द्रले भने अहिलेसम्म केही पनि सहयोग गरेको छैन ।

ती सदस्य भन्छन्, ‘क्वारेन्टाइन पालना गरेर घरमै बसुन् भनेर लाखौं खर्च गरेर उद्धार गर्‍यौं । तर, उनीहरू गाउँमा आएपछि मान्छे भेला पार्ने र होहल्ला गर्दै हिँडेको अनुगमनका क्रममा भेट्यौं ।’नियम उल्लङ्घन गर्नेमध्ये तीनजनालाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको समन्वय समितिका एक सदस्य बताउँछन् ।

 

प्रतिक्रिया
52310cookie-checkक्वारेन्टाइनमा बसेकाको दिनहुँ मासु–भात, रक्सी र वाईफाईको माग

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824