काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले केहिबेरमा बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिएछन ।
यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको थियो ।