क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19) ६१७६ जनामा संक्रर्मण देखा परेकाे छ,आजमात्रै १०५ जनामा संक्रमण देखा परेकाे हाे । आज मृत्यु हुनेकाे संख्या भने शुन्य रहयाे , हाल सम्म मृत्यु हुनेकाे संख्या जम्मा १०३ पुगेकाे छ । भने हालसम्म ४३२६ जना निकाे भएर घर फर्किएका छन । मलेसियामा अहिले १७४७ जाना संक्रमित उपचाररत छन ।
मलेसियाले संक्रमण नियन्त्रणकालागि हर क्षेत्रवाट हर प्रयास गरेपनि हालसम्म अवस्था नियन्त्रणमा लिन सकेकाे थिएन, तर केहिदिन अघिकाे रिजल्ट ले केही आशा देखाएकाे थियाे तर हिजाे आज पुन संक्रमणकाे संख्यामा बृद्वि भयकाे छ।
मलेसिया सरकारले मलेसियामा आवागमन नियन्त्रण काे तेस्राे आदेश का लागि मलेसियाका प्रधानमन्त्रीले यहि अप्रिल २३ का दिन मलेसियाकाे यक सरकारी टेलीभिजन मार्फत (MCO) अर्थात आवागमन नियन्त्रणकाे समय आउदाे मे १२ तारीक सम्म जारी रहने घाेषणा गरेका थिय ।
मे १ तारीकका दिन पुन जनताकाे नाममा सम्बाेधन गर्दै ततकाल जारी (MCO) लाई यही मे ४ देेेखि केही हद सम्म खुकुलाे पारीने जनाएकाछन । जसमा हाेटल ब्यावसाय र अन्य ब्यावसायले केही मापदण्ड पुरागरी ब्ययवसाय संन्चालन गर्न सक्नेछ, भने आवत जावतमा मा विशेष चेकिङ जारी रहने छ । साथमा अन्तराष्ट्रिय हवाई उडान समेत संन्चालनमा आउने छन । जसकाे कारण अझै काेराेना संक्रमणमा बृद्वी हुने निष्चित जस्तैै देखिन्छ ।
संक्रमितकाे संख्या दिन प्रतिदीन बढ्दै गयकाले गत मार्च २२ तारीक आइतवार देखि सडकमा मलेसिया सरकारले मलेसियन आर्मि समेत परिचालन गरेकाे थियाे भने हाल मलेसियाकाे कतिपय स्थानमा डाेर्न क्यामेराले समेत गस्ति गरि लकडाउनलाई ससक्त रुपमा कडाई गरेकाे भयपनि संक्रमितकाे संख्या भने हरेकदिन बृर्दि भइनै रहेकाे छ ।