२०७७ जेठ १२, सोमबार
Close
बिज्ञापन

काठमाडौं। पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा मुछिएकाहरु विरुद्धको किटानी जाहेरी कानुन अनुसार दर्ता हुने भएको छ । जाहेरी दर्ता गर्न प्रहरी हेडक्वाटरले निर्देशन दिएको छ।

प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले कानुन अनुसार जाहेरी दर्ता गर्न निर्देशन दिएको जानकारी दिए। दर्ता गर्न नमाने त्यसको पनि कानुनी बाटो खुल्ला रहेको उनले बताएका छन ।

प्रहरीको आलोचना बढेपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले जाहेरी दर्ता गर्न महोत्तरी प्रहरीलाई निर्देशन दिएको स्रोत बताएकाे छ । आइतबार काठमाडौं प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।

पार्टी फुटाउन नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ तथा पूर्व प्रहरी मानिरीक्षक सर्वेन्द्र खनालले सांसद यादबलाई दबाब र प्रलोभनमा पारेर काठमाडौं ल्याएका थिए । आफूलाई अपहरण गरिएको सांसद यादबको दाबी छ ।

प्रतिक्रिया
51180cookie-checkसांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा मुछिएकाहरु विरुद्धको किटानी जाहेरी दर्ता हुने

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824