काठमाडौं । सरकारले ल्याएको अध्यादेशको चौतर्फि विरोधसँगै सत्तारुढ दल नेकपाकै बहुमत सचिवालय सदस्यहरुले अध्यादेश फिर्ता लिनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।
समाचार स्रोतका अनुसार सचिवालयका सदस्यहरु बामदेव गौतमको निवास भैसेपाटीमा भेला भएर अध्यादेशका बिषयमा छलफल गरेका थिए।
सचिवालयका सदस्यहरुको अनौपचारिक छलफलमा राजनीतिक दल बिभाजन सम्बन्धी अध्यादेश फिर्ता लिनु उपयुक्त हुने निकर्ष निकालेका छन्।
छलफलमा सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्ने बिषयमा छलफल भएको थियो। त्यसपछि नेताहरुको मागअनुसार स्थायी कमिटी बस्नेबारे उनीहरुबीच कुरा भएको थियो।वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ थिए।