गुजरात (भारत): अखिल भारत नेपाली एकता मञ्च गुजरात राज्य समिती अन्तर्गत कडोदरा सम्पर्क नगर समिती ले बिश्वमा फैलिएको कोराना भाइरस( कोभिड१९) को महामारीमा परि आफ्नो रोजगार समेत गुमाएर अलपत्र परेका ४२ परिवार र्लाइ राहत बितरण गरेको छ ।
।
अखिल भारत नेपाल एकता मंंचका केन्द्रिय सदस्य प्रकाश बि क, गुजरात राज्य समिती सदस्य तप्त रावत,कदोदरा सम्पर्क नगर समिती अध्यक्ष डम्मर बि क,उपाध्यक्ष नरेन्द्र लचेल,सचिव शंकर लचेल,कोषाध्यक्ष करन लचेल,सदस्य कमल बि क,बल बहादुर बि क कुमार परियार र टङ्क लचेल लगायकाेे समुहले राहत वितर्ण गरेकाे छ ।
विश्वब्यापी महांमारीकाे रुपमा फैलीयकाे काेराेना भाइरस (Covid-19) का कारण सिङ्गाे बिश्व लगायत भारत पनी यतीवेला लकडाउनमा छ । यस्तो अवस्थामा भारतमा रहेका नेपालीहरु बिभन्न ठांउमा खान नपायर अलपत्र अवस्थामा छन । यस्ताे अवस्थामा रहेका हरेक नेपालीलाइ भारतमा रहेकाे अखिल भारत नेपाली एकता मंचले आफ्ना समुहलाई परीचालन गरी उद्वार तथा राहतकाे ब्यवस्था गरीरहेकाे छ ।