क्वालालम्पुर ( मलेसिया ) मलेसिया अलपत्र परेका नेपाली सेक्युरिटीगार्डहरुको समस्या रोजगारदाता कम्पनी र म्यानपावरले समाधान गर्ने भएका छन ।

ट्र्स्ट इन्टल ओभरसिस (trust intl overseas , believable overseas pvt Ltd) सामाखुसी काठमाडौंमा अवस्थित म्यानपावर मार्फत १९ जनाको समुहमा नेपालीहरु भ्यालिएन्ट फोर्स ( valiant force ) नामक सेक्युरिटी कम्पनीमा सुरक्षागार्डमा काम गर्नको लागी गएको महिना फाल्गुन १० गते नेपाली कामदारहरु  मलेसिया आएका थिए।

मलेसियाकाे मल्लाका जिल्लामा काम  गर्दै आईरहेका नेपाली कामदारहरु सुरेश कुमार बराम , स्वतन्त्र बस्नेत , प्रेम प्रसाद पाण्डे , गोपाल प्रसाईं , रत्न रावल , शिवलाल महर , रणचन्द्र रोकाया , सुरेश राय , हरक सिंह महर , पुर्ण तिवारी लगायतकोले हिजोमात्रै  मिडिया माइनेपाल लगायतका  मलेसियामा रहेका नेपाली मिडियामा अवर गरेका थिए , कुराकानीको क्रममा  उनिहरुले कम्पनीले आफुलाई लाई अनावश्यक दु:ख दिने गरेको र काम गरेको सेलरी पनि नदिएको र उचित बाँसस्थानको ब्यवस्था समेत नगरेको दुखेसो पोखेका थिए ।
ति कामदारहरुले नै दिइएको ब्यान र सत्यताको आधारमा मिडिया माइनेपाल र अन्य नेपाली  मिडियालेे समाचार प्रकाशित भयकाे थियो।

आईतवार रोजगारदाता कम्पनीसंग भएको टेलिफोन बार्ताको क्रममा रोजगारदाता “दातोक श्री जमाल सेख” ले अलपत्र भनिएका नेपाली कामदारहरु समस्यामा पर्नुको मुख्य कारण मलेसियामा जारी मोभमेन्ट कन्ट्रोल अर्डर ( एमसिओ,लकडाउन ) भएको प्रष्ट पारेका छ्न।
साथै दातोक सेखले आफ्नो कम्पनीले कुनै पनि कामदारको सेलरी नकाटेको र अनावश्यक दु:ख नदिइएको बताएका छन।
सेक्युरिटीगार्डको काम कन्ट्याक्ट्मा चल्ने भएकोले एमसिओ जारी हुनुभन्दा केहिदिन अगाडि मात्रै काम लगाइएको ठाउँमा कन्ट्याक्ट् सकिएर आफ्नो कामदारहरु बेरोजगार हुनु परेको स्विकार्दै लकडाउन खुल्ने बितिक्कै सम्पुर्ण कामदारलाई ब्यवस्थित रोजगारीमा लगाइने र सेलरी पनि सम्झौता अनुरुपनै दिने प्रतिबद्धता जनाएका छ्न। आफ्नो कम्पनीमा यिनिहरु १० जना मात्रै नभैई २ सय भन्दा बढिको हाराहारीमा नेपाली कामदारहरु सेक्युरिटीगार्डमा कार्यरत रहेको बताउदै कामदारलाई दु:ख हुने खालको कुनैपनि क्रियाकलाप नगर्ने जनाएका छ्न।

लकडाउनले गर्दा तत्कालको लागी कामदारहरु बस्ने बाँसस्थान भनेजस्तो नभएपनि धैर्यधारण गर्न आग्रह गर्दै लकडाउन खुल्ने बितिक्कै उचित र ब्यवस्थित बाँसस्थानको ब्यवस्थापन गर्ने बताए। अहिले मलेसियामा जारी एमसिओले गर्दा सडक ब्लक गरिएको कारण यताउता जान समस्या भएकोले तत्कालको लागी सोहि बाँसस्थानमा सुरक्षित साथ बस्न दिएको स्पष्ट पारे।

साथै आफुले हप्ता हप्तामा कामदारहरु भएको ठाउँमा पुगेर भेटघाट गर्ने गरेको र सेलरीको बिषयमा अहिले पैसा नेपाल पठाउन प्रयोग गरिने बैंक तथा बित्तीय संस्थाहरु बन्द रहेको कारण आर्थिक कारोबारमा उल्झन हुनेगरेकोले कामगर्नेहरुको सेलरी ( पैसा ) चोरी नहोस् , नहराओस भनेर कम्पनी आफैंले राखेको तर आवश्यक पर्ने खाद्यान्न सामाग्री हरु किन्नको लागी २ सय रिंगेट भेटघाट गरेर दिदैआईरहेको बताउदै पछि बैंक खुलेपछि कामगरेको पूरा रकम भुक्तानी गर्ने बताए।

यता मलेसिया रोजगारीमा ति कामदारहरुलाई पठाउने म्यानपावर कम्पनीले कोरोनाको कारण जारि गरिएको लकडाउनले सबै समस्या निम्त्याएको बताएका छ्न ।
म्यानपावरका डाइरेक्टर दिनेश पराजुलीले टेलिफोनबार्ताको क्रममा भने ” हामीले रोजगारदाता कम्पनीलाई चाडोभन्दाचाडो कामदारको समस्याको समाधान गर्न आग्रह गरिसकेकोले कम्पनीले लकडाउन खुल्ने बितिक्कै कामदारहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बतायकाछन।