क्वालालम्पुर ( मलेसिया ):= मलेसियाकाे HOGO साेफा कम्पनिमा कार्यरत (सेलरी) नपाएका ४४ जना नेपाली श्रमिकहरुले अन्ततः तलब पाउने भएका छन । काेराेना राेकथाम तथा नियन्त्रण गर्न मलेसियन सरकारले लागु गरेको मोभमेन्ट कन्ट्रोल अर्डर अथवा आवागन नियन्त्रण आदेश (एमसिओ) को कारण मलेसियामा अधिकांश कम्पनीहरु बन्द रहेपनि श्रमिकहरुलाई भने बेसिक सेलरि दिनु पर्ने मलेसियन सरकारकाे ब्यवस्था अनुरुप नेपाली कामदारले पनि महिनाकाे बेसिक सेलरी पाउने भएका हुन ।
मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेकाे जालान बांगी स्थित HuGo सोफा एसडिएन बिएचडी नामक कम्पनीमा कार्यरत तलब नपाएका ४४ जना नेपाली श्रमिकहरुलाई कम्पनीले तलब उपलब्ध गराउने प्रतिबद्धता जनायकाे छ।
गएको महिना मार्च २० तारिखसम्म काम गरेको तलब समेत कम्पनीले नदिएको भन्दै श्रमिकहरुले न्याय दिलाउन माग गर्दै आफ्नो समस्या सहित मिडिया माइनेपालाइ एक भिडियो किलीप पठाएका थिए , सो भिडियो किलिप समाचार सहित मिडिया माइनेपालले सार्वजनिक गरेको केहिसमयमै अत्याधिक भाइरल भएको थियो।
हिजाे मात्रै मासिक बेसिक तलब नदिए पछि दैनिक खाध्यन्नमा समेत समस्या भएको गुनासो ती कामदारहरुले मिडिया सहित नेपाली दुतावास मलेसिया, सम्बन्धित मेनपावरलाई जानकारी गराएका थिए । त्यसलगतै नेपाली दुतावास मलेसियाले सम्बन्धित मेनपावर तथा कम्पनीलाई सम्पर्क गरि सम्पुर्ण श्रमिकहरुलाई बेसिक तलब उपलब्ध गराउनको लागि निर्देशन दिई सकेकाे दुतावासका जन सम्प्रक अधिकृत टेकबहादुर बुढाले मिडिया माइनेपालका सम्पादक मनाेज डि शि संगकाे कुराकानिमा बताउनु भयकाे थियाे । मिडिया माइनेपालका सम्पादक मनाेज डि शि ले हीजाेेेनै उक्त समस्या र सामाधानकाे वार्य पिडित नेपाली कामदार लगायत नेपाली राजदुतावास मलेसियासंग टेलिफाेन कुराकानि गर्नुभएकाे थियाे ।
कुराकानिमा पडित कामदारले आफ्ने समस्या बतायका थिय भने दुतावास मलेसियाले उक्त समस्या समाधानमा दुतावास गम्भीर भयर लागेकाे र नेपालमा सम्वन्धित कामदार आयकाे मेनपावर र राेजगार दाता कम्पनिसंग पनि कुरा गरिरहेकाे दुतावासका जन सम्प्रक अधिकृत टेकबहादुर बुढाले जानकारी दिनुभयकाे थयाे ।
आज सो कम्पनीका श्रमिकहरुले बताए अनुसार ४४ जनामध्य १० जनालाई हिजो बुधबार कम्पनीको सम्बन्धित मान्छे आएर तलब दिएर गएको बताए , र अन्य ३४ जनालाई आज नभए भोलिसम्ममा र अरुको बेसिक सेलरि अप्रिल २८ तारिखसम्म उपलब्ध गराइने प्रतिबद्धता दिएर गएको जानकारी गराएकाछन।
गत जनवरी ३१ तारीखमा बेटा म्यानपावर रिसर्च प्रा.ली काठमाडौंबाट मलेसिया आएका ती श्रमिकहरुले मार्च महिनाको बेसिक तलब पनि पाएका थिएनन् ।