२०७७ बैशाख ०३, बुधबार
Close
बिज्ञापन
मिडिया माइनेपाल संवाददाता प्रतिक्रिया

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज, बैशाख ३ गतेसम्मका लागि तोकिएको लकडाउन लम्ब्याइने वार्य पुर्व जानकारी  गराएका छन् । मुख्यमन्त्रीहरुसँग आज सिंहदरबारमा भएको करिव चार घण्टा लामो भिडियो कन्फरेन्समा प्रधानमन्त्रीले यस्तो जानकारी गराएका हुन् ।

उनले लकडाउन छिटो अन्त्य नहुने भएकाले सीमा नाकामा थप कडाइ गरिने पनि बताएका छन् । भारतमा संक्रमणकाे क्रम  बढिरहेकाले लकडाउन खुल्ला गर्ने  हुनै नसकिने  जानकारी दिए ।

संक्रमण रोक्नका लागि सामाजिक दूरी कायम गर्नुको विकल्प नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लकडाउनम नरम बनेर लाप्रबाही गर्न कसैलाई छुट नहुने पनि स्पष्ट पारेका छन् ।

भिडियो कन्फरेन्सका क्रममा उनले महामारी बिरुद्ध जननिर्वाचित सरकारले नै काम गर्ने भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक नपर्ने उनकाे भनाइ थियाे । छलफलमा मुख्यमन्त्रीहरुले पनि सीमामा थप कडाइ गर्न र नेपालतर्फ थप सुरक्षाकर्मी परिचालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिय ।

सातै प्रदेशमा देखिएको स्वास्थ्य सामग्री अभावको समस्या पनि चाँडो समाधान गर्नु प्रनेमा उनीहरुले ध्यानाकर्षण गराए । त्यस्तै बैठकमा संक्रमण नियन्त्रणका लागि कोरोना काे आशंका गरिएका ब्यक्तिहरुको परीक्षणलाई तिब्र बनाउनुपर्ने माग पनि उठेको थियाे । भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने समझदारी भएको छ ।

प्रतिक्रिया
47470cookie-checkलकडाउन तत्काल नखुल्ने ,सिमानाकामा थप कडाई गरीने ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824