क्वालालाम्पुर मलेसिया । मलेसियाकाे स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार काराेन भाईरस संक्रमण सुरुभएकाे ३२ दिन भित्र आज सम्म काेराेना भाईरस (Covide-19) काे ४३४६ जनामा संक्रर्मण देखा परेकाे छ , आजमात्रै ११८ जनामा संक्रमण देखा परेकाे हाे । मलेसियामा ६७ जनाकाेे यसघिनै मृत्यु भैसकेकाे थियाे भने आज फेरि थप ३, जनाकाे मृर्त्यु भयकाे छ । हाल सम्म मृत्यु हुनेकाे संख्या ७० पुगेकाे छ ।
यश मध्यमा १८३० जना उपचार पछि निकाे भई घर फिर्ता भयका छन । यतिबेला मलेसियामा संक्रमणकाेे संख्या भन्दा, निकाेभइ घर फर्ककिनेकाे संंख्यामा वृृद्वि भयकाे छ ।
मलेसियामा संक्रमित भयका यकजना नेपालीलाई निकाे भयकाे जानकारि आयकाे छ। मलेसियाले संक्रमण नियन्त्रणकालागि हर क्षेत्रवाट हर प्रयास गरेपनि हालसम्म अवस्था नियन्त्रणमा लिन सकेकाे थियन तर हिजाे आजकाे याे परिणामले केही सुधारिने आशा जगायकाे भने पक्कै छ ।
याे भयाभह अवस्थालाई मध्यनजर गर्दै मलेसिया सरकारले यश अघिनै जम्मा २८, दिनका लागि मलेसिया लकडाउन काे घाेसणा गरियकाे थियाे । त्यस मध्यमा पहिलाे १४ दिनकाे लकडाउन गत ३१ मार्चमा सकिएर पुन अप्रिल १ तारीकबाट यहि अप्रिल १४ तारिक सम्मकाे लकडाउन सकिन चार दिन बांकि छ ।
गत ६ तारीकका दिन मलेसियाका प्रधानमन्त्रिले १० अर्वकाे राहात प्याकेज प्रस्तुत गर्दै लकडाउनकाे समय थप अप्रिल ३० तरिक सम्मका थपिनसक्ने जनका थिए । तर आज अप्रिल १० तारिकका दिन मलेसियाका प्रधानमन्त्रिले जनताकाे नाममा सम्बाेधन गर्दै दकडाउन थप अप्रिल २८ तारीक सम्मकालागि थप गरियकाे जानकारी दिए ।
मलेसिया लकडाउन भयसंगै अत्यावसेक सेवा बाहेक सबै निजि तथा सरकारि सेवा लगायत आन्तरिक तथा अन्तराष्ट्रिय हवाई सेवा साथै आन्तरिक छाेटाे तथा लामाे दुुुरिका सार्वजानिक यातायत समेत बन्द गरिएकाे छ।
संक्रिमितकाे संख्या दिन प्रतिदिन बढ्दै गयकाले गत मार्च २२ तारिक आइतवार देखि सडकमा मलेसिया सरकारले मलेसियन आर्मि समेत परिचालन गरेकाे थियाे भने हाल मलेसियाकाे कतिपय स्थानमा डाेर्न क्यामेराले समेत गस्ति गरि लकडाउनलाई ससक्त रुपमा कडाई गरेकाे भयपनि संक्रमितकाे संख्या भने हरेकदिन बृर्दि भइनै रहेकाे छ ।
यहि अवस्था रहिनै रहनेहाे भने मलेेसियामा काराेना संक्रमितकाे संख्या अझैपनि कम्तिमा पनि ५००० भन्दा माथि नै जाने अनुमान गरिएकाे छ।
विशेष गरि यतिवेला हजाराैकाे संख्यामा नेपाली हरु मलेसियामा राेजगारीकाे सिलसिलामा अवस्थित छन ।
मलेसियामा हालकाे काेराेना संक्रमणकाे वृद्वीकाे दरलाई मध्यनजर गर्नेहाे भने , यतिवेला मलेसियामा रहेका नेपालीकाे अवस्था उच्च जाेखिममा रहेकाे देखिन्छ ।
मलेसियामा रहेका नेपाली हरुलाई हाल जराे आउने टाउकाे दुख्ने खाेकि लाग्ने समस्या देखा पर्नथालेकाे छ। यस्ताे समस्या देखा प्रर्दा कामदारले राेजगार दाता कम्पनिसंग हस्पिटल सम्म लिईदिन आग्रह गरेपनि कम्पनिले बेवास्था गरेकाे र नेपाल पठाईदीने भनेर धमक्याउने गरेकाे मलेसियाका बिभिन्न ठांउमा कार्यरत नेपाली हरुले मिडिया माईनेपालकाे नम्वरमा कलगरेर बताउने गरेकाछन ।
नेपालीहरुकाे यस्ताे खालकाे समस्याकाे लागि मलेसिया स्थित नेपाली दुतावासले विशेष पहल तथा सक्रियता देखाउन र बढान जरुरि देखिन्छ ।