२०७७ जेठ ०६, मंगलबार
Close
बिज्ञापन

काठमाडौं, । पिपिई ठेक्काको विवाद, समाचार र नेपाल पत्रकार महासंघको विज्ञप्ति प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम अगाडि सारेको विषय कपोकल्पित र नेकपा एकीकरणको स्थायीत्व विरोधीको खेल भएको टिप्पणी आएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष भएका नाताले सरकारसँगका कुनै पनि असन्तुष्टि वा असमझदारी भए पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रचण्डले सिधै कुरा गर्न सक्ने दृष्टान्तलाई नजरअन्दाज गरी स्वार्थका हिसाबले भित्रैबाट प्रचार गरिनु दुखद भएको टिप्पणी आएको हो ।

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार पार्टीका तल्ला कमिटीको एकीकरण पूरा गरी पार्टीलाई स्थायी बनाउने अभियानमा लागेका अध्यक्षको नाम साना विषयमा पनि विवादमा ल्याइनु कुनै तत्वको नियोजित प्रायोजन गलत भएको बताए ।

कम्युनिस्ट केन्द्र र झन्डै दुई तिहाईको सरकार निर्माणसम्मको अभियानमा प्रचण्डको योगदानविरुद्ध केही स्वार्थ समूहको प्रायोजित प्रचारले कोरोना भाइरसको संक्रमणविरुद्ध सारा देश लागिरहेका बेला नेकपालाई नै रोगी बनाउने खेल भएको सचिवालय आश्चर्य चकित भएको ति सदस्यले बताए ।

प्रधानमन्त्री तथा सरकारलाई प्रभावकारी हिसाबले चलाउने दायित्व नेकपा पार्टीको हुने र त्यसको नेतृत्व प्रचण्डले गरिरहेको अवस्थामा पार्टीभित्रको सहजीकरण, समन्वय र सहकार्यलाई भाँड्ने समूहले यसरी दुश्प्रचार गरी सरकार र पार्टीकै कामलाई दूषित बनाएको सचिवालयको ठहर छ।

प्रतिक्रिया
46410cookie-checkसरकारसँग असन्तुष्ठ भए अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग कुरा गर्छन्

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824