मुम्बई । बन्दका कारण स्वदेश फर्कन नपाएका भारतका विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले खाद्यान्न सामाग्री वितरण गरेको छ।
रोजगारीका लागि बिश्वका हरेक देशमा छरिएका नेपालीहरु पनि कोरोनाकै कारण आज समस्यामा परेका छन् ।भारतमा काम गर्ने नेपालीहरुको संख्या करिब ४५ लाख छन। भारतमा पनि कोरोनाको संक्रमित संख्या दिनप्रतिदिन बढ्दै गएपछि भारतमा काम गर्ने नेपालीहरु चिन्ताजनक अवस्थामा रहेको छन । कोरोनाको डर त्रासले लाखौ नेपाल स्वदेश फर्किए पनि अझै ठुलो संख्यामा नेपालीहरु फर्कन पाएका छैनन् ।बिश्व नै कोरोना भाईरसको चपेटामा परेका छ।
जनताको दुख संकट आपद बिपदमा बेलामा सक्दो सहयोग गर्दै आएको सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले महाराष्ट्र राज्यको बदलापुरमा अलपत्र रहेका दैलेख निवासी २२ जना नेपालीहरुलाई चामल ५० किलो,आटा१० किलो,खाने तेल ५ लिटर,दाल ५ किल,हल्दी १ प्याकेट,धनिया जिरा ३०० ग्राम खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो।
सुदुरपश्चिमेलि नेपाली समाज मुम्बई जिल्ला समिती अध्यक्ष नबिन साउदको संयोजकत्वमा उक्त खाद्यान्न सामग्री सहयोग गरेको हो । हालको परिस्थितिमा भारत बन्दका कारण अलपत्र नेपालीसम्म पुर्याउन सम्भावना नभएपछि बैंकद्वारा रकम पठाएर पसलबाट सामाग्री किन्न लगाईएको महाराष्ट्र राज्य वरिष्ठ सल्लाहकार , सामाजिक अभियन्ता प्रेम खड्काले सुदुर पश्चिमेली नेपाली समाज दक्षिण एसिया संयोजक तथा प्रचार विभाग प्रमुख दिनेश खड्का खप्तडि’लाई बताउदै खप्तडि’ले हामिलाई जानकारी दिएका हुन।
सुदुरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय कोषाअध्यक्ष भुवन भट्ट ,सुदुर पश्चिमेलि नेपाली समाज भारत केन्द्रिय महासचिव मोहन साउद ,महाराष्ट्र राज्य वरिष्ठ सल्लाहकार प्रेम खड्का ,राज्य अध्यक्ष सुरज प्रकाश ओझा.मुम्बई जिल्ला सदस्य हिमाल साउद राज्य उपाध्यक्ष पदम बाग राज्य संरक्षक कुशल साउद तथा सामाजिक अभियान्त करन साउदको विशेष पहलमा सामाग्री हस्तान्तरण गरिएको थियो ।