२०७६ चैत्र १३, बिहिबार
Close
बिज्ञापन
 रंजित चौरसिया प्रतिक्रिया

वीरगंज । वीरगंजमा प्रहरी गुण्डागर्दी शैलीमा पत्रकारलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गर्दै दुरव्यबहार गरेको छ । पत्रकार जाकिर हुसैनलाई बिरगंज रानीघाटबाट कुटपिट गरी दुरव्यबहार गर्दै पक्राउ समेत गरेका हुन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनको बारे रिर्पोटिङ गर्न साँझ हुसैन रानीघाट पुग्दा उनी माथि प्रहरीले आक्रमण गरेका थिए ।

यदपी पत्रकार महासंघका जिल्ला अध्यक्ष श्याम बन्जारा लगायत अगुवा पत्रकारहरु वडा प्रहरी कार्यालय श्रीपुरमा पुगेपछि प्रहरीले विना सर्त हुसैनलाई तीनघण्टाको नियन्त्रण पछि छाडेको हो । दिनभरी लकडाउनले गर्दा रानीघाट लगायतको एरिया सुनसान बनेको थियो । साँझ भएपछि अतिआवश्यक खाद्यान्न वस्तु किनमेल गर्न स्थानिय घर घरबाट निस्केर रानीघाट चोकमा पुगेका थिए ।

चोकमा भिडभाड भयो भन्दै स्थानिय प्रहरी चौकीका प्रहरीले सम्झाउनु को साटो अन्धाधुन लाठीचार्ज गर्न थाले । रिर्पोटिङ गर्न पुगेका हुसैनलाई पनि प्रहरी चौकीका प्रहरीहरु लक्षित गरी अन्धाधुन लठी प्रहार गरेका थिए । आफू पत्रकार भएको परिचय पत्र देखाउँदा समेत केहि सुनवाई नगरी उल्टै कुटपिट गरी दुब्यवहार गर्दै पक्राउ गरेको पिडित पत्रकार हुसैनले गुनासो गरे ।

उनले भने, ‘प्रहरीलाई नकुटन आग्रह गर्दा पनि तीन चार जनाको समूहमा रहेका उनीहरु लछारपछार गर्दै जबरजस्ती प्रहरीको गाडीमा हालेर वडा प्रहरी कार्यालय श्रीपुरमा लगेका थिए ।’ तर कार्यालयका प्रहरी निरिक्षक दिपक साहले घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने वाचा गर्दै विना सर्त हुसैनलाई छाडेका हुन ।

प्रतिक्रिया
43271cookie-checkसमाचार सम्प्रेषण गर्न गएका पत्रकार माथी लाठि चार्ज

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824