२०७७ जेठ ०५, सोमबार
Close
बिज्ञापन

एजेन्सी , अमेरिकामा कोरोना भाइरस प्रभावित जनतालाई राहत दिन दुई साताभित्रै घरघरमा चेक पठाउने समाचार सार्वजनिक भएको छ।

केही साता यता यस्तै समाचारले बजार लिइरहेको बेला ट्रेजेरी सेक्रेटरी स्टेभेन म्नुचिनले राहत स्वरुप चेक पठाइन लागेको पुष्टि गरेका छन् ।

उनले कतिको चेक पठाउने, परिवार वा व्यक्ति केलाई आधार मान्ने, कति आम्दानी भएका सम्मलाई दिने ? त्यसबारेमा द्गुततर गतिमा गृहकार्य भैरहेको बताउँदै आउँदो दुई साता भित्रमा घरघरमा चेक पठाउन लागिएको बताए।

उनले आवश्यक गृहकार्य गरेपछि त्यसबारेमा विस्तृत जानकारी दिने पनि बताएका छन्।

उनलले यो राहत रकम राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्नका लागि वनाएको ८५० विलियन डलरको कोषवाट हुने पनि जानकारी दिएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले यो असाधारण अवस्थामा आफ्नो प्रशासन अमेरिकी जनतालाई सबै किसिमको सहयोग गर्न तयार रहेको बताउँदै अमेरिकी कंग्रेससँग मिलेर थप राहत प्याकेज घोषणा गर्न लागेको पनि बताए।

उनले करदाताहरुलाई तत्कालका लागि राहतस्वरुप तत्कालै कर तिर्नु नपर्ने कानुनी प्रक्रिया मिलाउँदै गरिएको पनि जानकारी दिए।

प्रतिक्रिया
41130cookie-checkअमेरिकाले जनतालाई राहत दिन दुई साताभित्र घरघरमा चेक पठाउने

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824