२०७७ जेठ ०५, सोमबार
Close
बिज्ञापन

हेटौंडा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासले बागमती प्रदेश सभाको बैठक स्थगित गर्न सांसदहरुले माग गरेका छन् ।

बागमती प्रदेश सभामा मंगलबार बसेको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले संक्रमणको जोखिम हुनसक्ने भन्दै सभा सञ्चालन नगर्न सभामुखसँग माग गरेका हुन् ।

सांसद न्हुच्छेनारायण श्रेष्ठले सरकारले ठूला सभा, सम्मेलन, जमघट जस्ता गतिविधि नगर्न आग्रह गरिरहँदा प्रदेशका सबै माननीय जनप्रतिनिधीहरु बैठकमा बस्नु जोखिमको हिसाबले उपयुक्त नहुने भन्दै बैठक स्थगन गर्न आग्रह गरे ।

सांसद राजेन्द्र पाण्डेले विकसित मुलुकहरुमा कोरोनाबाट संक्रमित व्यक्तिहरुको मृत्यु भइरहेकोले प्रदेश सरकारले संयमित भई प्रदेशका नागरिकको स्वास्थ सुरक्षामा विशेष चासोका साथ संक्रमितको उपचारका लागि भौतिक र प्राविधिक रुपमा पूर्व तयारी अपनाउन आग्रह गरे ।

सांसद बिराजभक्त श्रेष्ठले कोरोनाका कारण होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुको लगानी धरासायी बन्न पुगेको भन्दै बैंकले लिने ब्याजमा सहुलियत तथा अनुदान दिनुपर्ने बताए ।

सांसद रिता माझीले कोरोनाको नाममा व्यापारीले कृतिम अभावको सिर्जना गरी बजारमा कालोबजारी सुरु गरेको भन्दै यसलाई नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

बैठकमा साँसदहरु निमा लामा, प्रदीपकुमार कटुवाल, प्रेमबहादुर पुलामी, सुरेन्द्रराज गोसाइँ, इन्द्रमाया श्रेष्ठ, वेलीमाया घले, रिना गुरुङ, डा. राजेन्द्रमान श्रेष्ठ लगायतले कोरोना भाइरस संक्रमणको जोखिमविरुद्ध पूर्वतयारीका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

संशोधन विधेयक छलफलका लागि समितिमा

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधाको लागि बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालीकराम जम्कट्टेलले संशोधन विधेयक समितिमा छलफलका लागि सभामा पेश गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले ध्वनि मतका आधारमा उक्त विधेयक दफावार छलफलका लागि समिति पठाएका हुन् ।

प्रदेश सभाको बैठक भोलि ११ बजेसम्मको लागि स्थगित भएको छ ।

प्रतिक्रिया
40930cookie-checkसंक्रमणको जोखिम हुनसक्ने भन्दै सभा सञ्चालन नगर्न सभामुखसँग माग

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824