२०७७ जेठ ०५, सोमबार
Close
बिज्ञापन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरुले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरुबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न नसकेको बताएका हुन् ।

सभामुख सापकोटाले राजनीतिक दलहरुबीच सहमति जुटेपछि मात्रै आफुले एमसीसीलाई संसदीय एजेण्डाको रुपमा ग्रहण गर्न सक्ने बताए ।

उनले वर्तमान समयमा महत्वका दृष्टिले कोरोना भाईरस संक्रमणको बारेमा धेरै बहस भएपनि एमसीसी पनि बहसमा नै रहेको बताए ।

सभामुख सापकोटाले भने, ‘सत्तारुढ पार्टी र दलका नेता उपनेता, प्रमुख सचेतक, मुख्य सचेतक सबैको सहमतिले एजेण्डा अगाडि बढाउने कुरा हो । त्यो छलफल हुदैछ । सबैतिर छलफल हुदैछ । सत्तारुढ पाटीमा झन छलफल हुदैछ । बहसमै छ । कारोनाका कारणले यतातिर वहस केन्द्रीत भएपनि त्यो बहसमै छ । बेलाआअएपछि मैले त सहजिकरण गर्ने कुरा न हो ।’

सापकोटाले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासंग आफ्नो कुनै पनि किसिमको असमझदारी नरहेको र कार्यवहाक महासचिवमा गोपालनाथ योगीलाई तोक्ने निर्णय गर्दा पनि अध्यक्ष तिमिल्सिनासंग सल्लाह गरेको स्पष्ट पारे ।

उनले भने, ‘वरिष्ठताका आधारमा कार्यवहाक महासचिव दिईएको हो । हाम्रोबीच असमझदारी धेरै भएको जस्तो मलाई लाग्दैन ।’

उपसभामुख चयन प्रक्रिया बारे पत्रकारको प्रश्नमा उनले नेकपाले टुंगो लगाएपछि उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने स्पष्ट पारे । यद्यपि उपसभामुखका बारेमा छिटो टुंगोमा पुग्ने सम्बन्धमा संसदीय दलका उपनेतासंग कुरा गरिरहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘उपसभामुखका बारेमा दलबीच समझदारी भएपछि सभामुखले त निर्वाचन तालिका सार्वजनिक गर्ने मात्रै भूमिका हो ।’
आफुले विधेयकहरु पारित गराउन सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाउदै सभामुख सापकोटाले नागरिकता सम्बन्धी विधेयक समितिमा अड्किँदा नागरिकहरुले दुःख पाएको महसुस आफुले पनि गरेको बताए । चालु अधिवेशनमा जम्मा २ वटा विधेयक दुवै सदनबाट पारित भएका छन् ।

प्रतिक्रिया
40650cookie-checkराजनीतिक दलहरुले टुंगो लगाएपछि मात्रै मिलेनियम (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824