वीरगंज । न्यू टाईगर कल्ब द्वारा आयोजना गरिएको बिरगंज महानगरपालिका वडा नं. ८ गहवामा रहेको श्री माइस्थान ईन्दू लाखे माध्यमिक विद्यालय अगाडि नि:शुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।
न्यू टाईगर कल्बका अध्यक्ष मनिस कुमार प्रजापतिको अध्यक्षतामा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको थियो। सो आँखा तथा दन्त शिविर कार्यक्रममा १६० जना महिला र ९० जना पुरुष गरि कुल २५० जनाले चेकजाँच गरेका थिए।
उक्त कार्यक्रममा वीरगंज सामुदायिक आँखा अस्पतालको दन्त सम्बन्धित डा.किरण रुमी गुप्ता र आँखा सम्बन्धित डा.सरीता यादवको सहयोगमा चेकजाँच गरिएको सिबिरमा २५० जनाको आँखा तथा दन्त परिक्षण गरिएको थियो ।
साथै उक्त व्यक्तिलाई नि:शुल्क औषधी समेत प्रदान गरिएको थियो। न्यू टाईगर क्लबका उपाध्यक्ष राजन गुप्ता, सचिव रबी गुप्ता, सदस्यहरुमा ललन चौरसिया, अनील गुप्ता, विकाश बर्नवाल,अमीत गुप्ता, विरेन्द्र गुप्ता, कन्हैयालाल बर्नवाल संस्थापक सदस्यहरुमा मुकेश गुप्ता, देवानन्द कलवार, उमेश गुप्ता, प्रेम गुप्ता लगाएतको सहभागिता रहेको थियो।