२०७७ जेठ १५, बिहिबार
Close
बिज्ञापन

सुर्खेत := सल्यानको पश्चिम क्षेत्रमा अवस्थित बनगाड कुपिण्डे नगरपालिकाले तीन हजार बढी भेडा वाख्रालाई पीपीआर खोप लगाउने भएको छ । नगरका १२ वटै वडाका विभिन्न टोलहरुमा घुम्ती शिविर आयोजना गरि भेडा, वाख्रा, खसी र वोकाहरुलाई पिपिआर खोपसँगै औषधी उपचार गर्ने भएको हो ।

बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग र पशु शाखा कार्यालय देवस्थलको आयोजनामा किसानका घरघरमै पुगेर बाख्राहरुको औषधी उपचार गर्ने योजना रहेको नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनु भएको छ ।

उनका अनुसार किसानले पालेका पशुचौपायहरुमा कुनै रोग तथा स्वास्थ्य समस्या उत्पन्न नहोस भनेर नगरको आर्थिक सहयोगमा नगरको १ नम्बर वडा वाग्चौर टोलबाट भेडा वख्रालाई पिपिआर खोप दिन थालिएको छ ।

पहिलो दिन वाग्चौर, वेलखोला र खरेखोला गरी १ हजार वढि भेडावाख्राहरुको औषधी उपचार तथा पिपिआर खोप दिइएको पशु शाखाले जनाएको छ । किसानको आयआर्जनको मुख्य स्रोत पशुपालन भएकोले पहिलो प्राथामिकता वर्षेनी भेडा वाख्राहरुको घरघरमै पुगेर चेकजाँच र औषधी उपचार गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
39580cookie-checkतीस हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइदैँ

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824