बिरगंज को अखिल नेपाल पिछडावर्ग OBC महासंघ पर्साद्वारा होलि मिलन समारोह सम्पन्न!
वीरगंज = अखिल नेपाल पिछडावर्ग अोबीसी महासंघ पर्साले होलि पर्वको अवसरमा आपसि सदभाव र एकताको लागी साथै सबै नेपालिको जिवन खुशी र सुखीका साथै जिवन रंगिन रहोस भन्दै खुसियाली सोरुप यो पर्व हरेक बर्ष मनाउदै आईरहेकोले यस बर्ष पनि निरन्तरता दिदै सोमबार होलि एक आपसमा शुभकामना आदानप्रदान गर्दै मनाएका थिए।
अखिल नेपाल पिछडावर्ग अोबीसी महासंघ पर्साका अध्यक्ष अकलेस साहको अध्यक्षतामा र अखिल नेपाल पिछडावर्ग अोबीसी महासंघका राष्ट्रिय महासचिव तेज प्रकाश निषादको प्रमुख आतिथ्यमा भएको होलि मिलन समारोह कार्यक्रममा !
विशिष्ट अतिथि राजपा पर्सा जिल्ला महिला अध्यक्ष मालती कुशवाहा, जनमत पार्टीका पर्सा जिल्ला महिला अध्यक्ष अनिता रौनियार ,अोबिसी उपाध्यक्ष धर्मेन्द्र पटेल, कोशाध्यक्ष राकेश कुमार साह, प्रवत्ता राजकुमार साह,महानगर अध्यक्ष रौशन सरार्फ, उपाध्यक्ष रामकुमार पटेल, सचिव राजु सरार्फ, युवा नेता दिपेन्द्र साह, दिनेश कुमार यादव, संचारकर्मी रंजित चौरसिया लगायतको सहभागिता रहेको थियो।