२०७७ जेठ ०५, सोमबार
Close
बिज्ञापन

काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड १९) को आशंकामा भर्ना भएका ४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

गत आइतबार भर्ना भएका उनीहरुलाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको छ । डिस्चार्ज हुने चारै जना नेपाली नागरिक हुन् ।

डिस्चार्ज भएका एक जना चीनबाट र अर्का तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति थिए । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने,  ‘ आज दुई जनालाई कोरोना संक्रमणको आशंकमा आइसोलेसनमा राखिएको छ ।’ आइसोलेसनमा राखिएका मध्ये एक जना दक्षिण कोरिया र अर्का एक जना मध्यपूर्वबाट आएका हुन् ।

दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया
38760cookie-checkकोरोना (कोभिड १९) को आशंकामा भर्ना भएका चारै जनालाई अस्पतालले डिस्चार्ज गरेको छ

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824