२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन

काठमान्डौ , नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिहिबार कानुनी रुपमा बिवाह गरेका छन्। जिल्ला अदालत ललितपुर पुगेर दुईले कानुनी रुपमा बिवाह गरेका हुन्। अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए। अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए। नायिका कार्कीले आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन्। कानुनी रुपमा आज बिहे गरेर एक भएका प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिहे गर्दैछन्।

शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन्। मंगलबार प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाएक थिए । मेहेन्दी समारोह प्रियंका, आयुष्मानको साथमा उनीहरुका आफन्त र केही चलचित्रकर्मी सहभागी थिए ।नायिका कार्कीले मेहेन्दीले आफ्नो हातमा आयुष्मानको नाम लेखाइन् ।

आयुष्मानले पनि आफ्नो हातमा प्रियंकाको नाम लेखेका थिए । मेहेन्दी सेरेमोनीपछि उनीहरुको संगीत समारोह चलेको थियो । जहाँ, प्रियंका आफैले केही नेपाली र हिन्दी गीतमा नृत्य गरेकी थिइन् ।

मध्यरातसम्म चलेको सांगितिक कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तान लगायतका थुप्रै कलाकार सहभागि थिए ।

उनीहरुले प्रेम सम्बन्धमा रहेको ३ वर्षपछि र इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गर्न लागेका हुन् ।विवाहको जानकारी दिन प्रियंका र आयुष्मान दुबैले छुट्टाछुट्टै ब्या’चलर पार्टी पनि मनाएका थिए ।

प्रतिक्रिया
37590cookie-checkनायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिहिबार कानुनी रुपमा बिवाह गरे

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824