२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले एमसीसी भित्र रहेका प्राविधिक विषयहरुलाई संशोधन गरेर ल्याउँदा नेपालको हितमा हुने बताएका छन् ।
सोमबार राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकमा सुर्खेतको वीरेन्द्रनगर आइपुगेका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा सत्तारुढ दल भित्रका आपसी झगडा, विवादका कारण विभिन्न भ्रमपुर्ण अभिव्यक्ति आएको बताउँदै उनले यो विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने सुझाव दिएका छन ।

‘तुलनात्मक रुपमा यो सम्झौताका लागि राप्रपाको पनि सानो भुमीका रहेको छ । तर खासगरी अहिलेका सत्तारुढ र प्रतिपक्ष दलका जिम्मेवार व्यक्तिहरु नै हस्ताक्षरका लागि आन्तरिक भागबण्डामा जुटेका थिए ।’ उनले भने,’ आफ्नो सम्झौता र हस्ताक्षरमा उहाँहरु अहिले किन अडान लिन सक्नु भएन ।’

पार्टी एकताको प्रसंगमा पत्रकारहरुले राखेको प्रश्नमा उनले एकताको लागि सदैव ढोका खुल्लै रहेको बताए । ‘हामी बीच पार्टीको सिद्धान्त, विचार, चुनाव चिन्ह, नेतृत्व, संरचना सबैमा सहमति भइसकेको छ । पशुपति शमसेर जबरा र डा.प्रकाशचन्द्र लोहनी जी ले केहि समय माग गरेका कारण रोकिएको छ ।’ उनले भने,’ अहिले हामी संगठन निर्माणमा हिडेका छौं ।

देशमा भ्रष्टाचार बढिरहेको र धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब तथा प्रभाव पनि बढिरहेको उनले बताए ।
थापाले संविधानको रक्षा र संसदको नियन्त्रणमा रहि जन केन्द्रित शासन प्रणाली सहितको राजसंस्था ल्याइने बताएका छन् । विभिन्न षड्यन्त्रमा पारेर विस्थापित गरिएको राजसंस्थालाई नयाँ र लोकतान्त्रिक तरिकाले स्थापित गर्नुपर्नेमा उनको जोड छ । सोमबार राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुगेका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा नेपालको सार्वभौमसत्तालाई बचाउन बलियो राष्ट्रबादी संस्था आवश्यक रहेको थापाको दाबी रहेको छ ।

प्रतिक्रिया
37330cookie-checkएमसीसीलाई संशोधन गरेर ल्याउँदा राष्ट्रको हित हुन्छ : अध्यक्ष कमल थापा

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824