२०७७ बैशाख १७, बुधबार
Close
बिज्ञापन

आईतवारकाठमाडौं ,अमेरिकाले एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अडान राखेको छ। एमसीसी सम्झौताको आधार परिमार्जनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरूले यस्तो अडान राखेका हुन्।

एमसीसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरूसँग छलफल गरेको थियो। अमेरिकीहरू एमसीसीको सहायक सम्झौता परिमार्जनमा भने सकारात्मक रहेको छलफलमा संलग्न एक अधिकारीले बताएका छन्।

एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दर्जन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ। एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नियमित भ्रमण गरी फर्केको एक सातापछि अमेरिकी कंग्रेसका सदस्य अमी बेरा नेतृत्वको टोली आएको छ।

बेराले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, अध्ययन टोलीका संयोजक झलनाथ खनाल तथा सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावल, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रमुख प्रतिपक्षी दलका नेता र सरकारी अधिकारीलाई भेटेर सम्झौता परिमार्जनबारे अमेरिकी धारणा स्पष्ट पारेका छन्।

नेपाल भ्रमणमा आएका अमेरिकी अधिकारीहरूले एमसीसी सम्झौता अनुमोदन भएमा नेपाल र अमेरिकाबीच थप सहकार्य हुने स्पष्ट पार्दै आएका छन्। त्यसैले सरकार पनि यसमा गम्भीर बनेको छ। यस्तै यो विषय सत्तारूढ दलभित्र नेतृत्वको टकरावको चेपुवामा परेको छ।

अमेरिकाका लागि पूर्वराजदूत डा. शंकर शर्माले एमसीसी अनुमोदनमा सत्तारूढ दलभित्रको नेतृत्व टकरावका समस्या रहेको बताए। कार्यदलको प्रतिवेदनअनुसार समाधानतर्फ जानुपर्ने सुझाव उनको छ। ‘कामभन्दा हल्ला बढी हुँदा समस्या भएको हो,’ डा. शर्माले भने, ‘सम्झौता गरिसक्ने अनि अलमल गर्ने।

आन्तरिक विवादलाई कूटनीतिक सम्बन्धमा ल्याउनु राम्रो होइन।’ पूर्वप्रधानमन्त्री झलनाथ खनालका कूटनीतिक सल्लाहकार मिलन तुलाधारले कार्यदलले मेहनतसाथ प्रतिवेदन तयार पारेको बतए। उनले भने, ‘एमसीसी उपयोग गर्नपर्छ। तर केही विषय मिलाएर अघि बढ्दा राम्रो हुने सुझाव आएकाले दलभित्र छलफल भएर टुंगो लाग्नेछ।’अन्नपुर्ण पोस्ट

 

प्रतिक्रिया
36750cookie-checkअमेरिकाले द्वारा एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अडान

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824