सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन २८ गते देखी चैत्र २ गते सम्म कम्प्युटर मोवाइल, सुरक्षा उपकरण तथा सुचना प्राविधिको प्रदर्शनी हुने भएको छ ।
उक्त कार्यक्रम क्यान इन्फोटेक शाखा सुर्खेतको आयोजनामा जिल्ला स्तरिय प्रदर्शनीमेला प्रदेशसरकारको समन्वयमा हुन लागेको आयोजकले जनाएको छ ।
विश्वमा सुचना तथा सञ्चार प्राविधि क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्राविधिको बारेमा जानकारी प्रदान गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको चौथो संस्करण पनि हो ।
कार्याक्रमका संयोजक तिलकप्रसाद आचार्यले पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमेलामा क्यान महासंघका सखस्य संस्थाहरु ल्गायत सुचना तथा सञ्चार प्राविधिसँग सम्बन्धित विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहने बताए । साथै स्थानिय स्थारका व्यक्तीहरुले निमार्ण गरेका रोर्बड जस्ता विधुतिय यान्त्रहरुको समेत प्रदर्शन गरिने छ ।
आचार्यका अनुसार मेलामा ६५ वटा स्टलहरु रहेनेछन् । भने प्रति स्टल १२ हजारमा उपलब्ध हुने छ । स्टलमा प्रदर्शनीका लागि हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक टेलिकम्युनिकेशनस्, बैंक, आई सी.टी. जस्ता विद्युतिय समाग्रीहरुको स्टल राखेर प्रदर्शनी गरिने भएको हो ।
मेलामा अवलोकनका लागि सर्वसाधारणहरुलाई शूल्क ३० तथा विद्यार्थीलाई २० रुपैँया तोकिएको छ । टिकटलाई पेपरलेस गरिएको छ । यो पट्क टिकटको लागि मोवाइलमा प्रभु पे एप्स डाउँनलोड् गरी टिकट जेनेरेट गर्न सकिने आयोजकले जानकारी दिएको छ ।
साथै उक्त मेलामा स्थानियलाई स्टल बुकिङ्गको लागि १० प्रतिशत छुट गरिने छ । भने मेलामा कुल १६ लाँख रुपैँयाको खर्च हुने र ४० हजानर दर्शक आउँने अनुमान गरिएको छ ।