२०७७ बैशाख १५, सोमबार
Close
बिज्ञापन
दिनेश कुमार बुढा प्रतिक्रिया

सुर्खेत ।
कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ बुधबार देखी शुरु भएको छ ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन शुरु भएको हो ।

अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन, अवसर, चुनौति, निति तथा भावी कार्यदिशा विषयमा ब्यापक छलफल हुनेछ ।

सम्मेलनको पहिलो दिनमा कर्णालीको पृष्ठभूमि, कृषि तथा नितिहरु कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, भारतका कृषि पर्यावरणीयका लेखक, सम्पादक तथा अभियान्ता भरत मन्सता, सुकदेव सिंह र मणिराम पुनिया, नेपालका अर्गाानिक विज्ञ छवि पौडेल, लिवर्डका पिताम्बर श्रेष्ठ, मन्त्रालयका अधिकृत धनवहादुर कठायत, प्रकृति मानब केन्द्रित जनअभियानका प्रतिनिधि माया गौतम केसी र विन्दुराज सापकोटाले आफनो अनुभव तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।

त्यस्तै दोस्रो दिन भारतका अर्गानिक अभियान्ता तथा विज्ञ घनश्याम डेमोक्रेट, नेपालका अभियान्ता तथा विज्ञ उद्धब अधिकारी, डिलाराम भण्डारी, डा.भानु पोखरेल, कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधि, विज्ञ रामकृष्ण श्रेष्ठ, अर्गानिक विज्ञ डाक्टर कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गर्नुहुने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए ।

दुईदिन सम्म संचालन हुने सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, पुर्व गृहमन्त्री जनार्दन शर्मा, २ नम्बर प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधीकारी, प्रदेश सभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷प्रतिनिधिहरु, कर्णाली प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरु, संघिय सरकारका प्रतिनिधि, कर्मचारी, कृषकहरु, विभिन्न विज्ञहरुको सहभागीता रहेको प्रवक्ता पण्डितले बताए ।

प्रतिक्रिया
35710cookie-checkप्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन शुरु

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824