२०७७ बैशाख १७, बुधबार
Close
बिज्ञापन
सम्वाददाता / मिडिया माईनेपाल प्रतिक्रिया

काठमाडौँ, :   फागुन ९ गते शुक्रबारका दिन देशैभर सार्वजनिक बिदा हुने भएको छ ।नेपाल सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले महाशिवरात्रीमा हरेक वर्ष बिदा दिने गरेको छ ।सेना दिवससमेत पर्ने शिवरात्रीको दिन सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् ।

उता प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७६ का अवसरमा आज शुभकामना दिँदै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले प्रजातन्त्र प्राप्तिका लागि भएको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् वीरशहीदलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले सन्देशमा २००७ साल फागुन ७ गतेका दिन नि-रङ्कुश जहानियाँ राणाशा-सनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी मनाइरहेको उल्लेख गर्दै आजको दिन देशलाई लामो समयसम्म नि-रङ्कुश, जहानियाँ, ता-नाशाही र एकतन्त्रीय शा-सन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन रहेको बताउनुभयो ।

उहाँले आज संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा उभिएका सन्देशमा उल्लेख गर्नुभएको छ । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा अभूतपूर्व उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धि यतिबेला धमाधम संस्थागत हुँदै गएको जनाउनुभएको छ ।

प्रतिक्रिया
35530cookie-checkफागुन ९ गते शुक्रबारका दिन देशैभर सार्वजनिक बिदा

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824