२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन
दोस्रो कर्णाली एक्स्पो महोत्सव उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्धघाटन हुने

६ करोडको विमा, छ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने,

सुर्खेत :=  कर्णालीको राजधानी वीरेन्द्रनगरमा आज  (मंगलबार)   दोस्रो कर्णाली एक्स्पो महोत्सवकाे उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो एक बजे हुने भएको छ ।

‘समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधार, अर्गानिक कृषि, पर्यटन, जलश्रोत र उद्योग हुन पुर्वाधार’ भन्ने नाराकासाथ मेला हुने लागेको एक्स्पो महोत्सव फागुन ६ गतेदेखी १७ गतेसम्म संञ्चालन हुने छ । यसैबिच मेलमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पहिलो पटक विमाको पनि व्यमवस्था गरिएका आयोजकजनाएको छ । विमा अन्तर्गत आगलागी, हावाहुरी, भिडभाड, खेलखेल्दा तथा कुनै दुर्घटना भए, हाताहाती भए ६ करोडको विमा पनि गरिएको छ । एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ ।

पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो पटको महोत्सव फरक हुने आयोजको दावी छ । मुलआयोजक समितिका संयोजक समेत रहेका रावतले आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताएका छन् ।

विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवमं व्यापार प्रवर्धन गरिने भएको छ । पाँचसय व्यवसायिक स्टलहरु रहने महोत्सवमा ८० वटा स्टल कृषिकामात्र रहेन उहाँको भनाई छ । यसैक्षेत्रमै पहिलो पटक लण्डन ब्रिज ९प्रवेश द्धार० सहित ब्रुजअल अरब दुबई ९सेल्फी जोन० को पनि व्यवस्था गरिएको छ ।

छ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा झन्डै एक करोड तिस लाख बरार खर्च हुने अनुमान गरिएको छ । मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्ने भएको छ । सरकार, निजी–सहकारी साझेदारीले कर्णाली एक्स्पो ऐतिहासिक उदाहरण बन्ने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् ।

उनिहरुले प्रभावकारी समन्वय र सहकार्य भए आर्थिक समृद्धिको गन्तब्य हासिल हुने भन्दै तीनै पक्षको जिम्मेवारी बराबरी भएको बताएका छन । कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गा्निक कृषि उपजहरुको प्रदर्शनी समेत गरिनेछ ।

प्रतिक्रिया
34810cookie-checkदोस्रो कर्णाली एक्स्पो महोत्सव उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्धघाटन हुने

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824