२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग शनिबार सकिँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब शनिबार खेल्दैछन् ।

त्यसअघि शुक्रबार १३औं चरणको ३ खेल हुनेछ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब उपाधि होडबाट बाहिरिसकेको छ। १२ खेलबाट २५ अंकसहित मनाङ तेस्रो स्थानमा छ। मनाङलाई पछ्याइरहेको ललितपुरको थ्री स्टार क्लब २३ अंकसहित चौथो स्थानमा छ। यी दुई क्लबबीद्बको खेल त बाँकी छैन तर दुवै टिम तेस्रो हुने होडमा छन् ।

मनाङले ललितपुरकै अर्को क्लब जावलाखेल युथसँग खेल्नेछ भने ललितपुरे डर्बीमा थ्री स्टारले च्यासल युथ क्लबसँग खेल्नेछ । थ्री स्टार च्यासल बीचको खेल सवा १२ बजे हुनेछ। उक्त खेलमा थ्री स्टार पराजित भए वा बराबरीमा रोकिए मनाङले जावलाखेलसँग खेल्नुअघि नै तेस्रो स्थान सुरक्षित गर्नेछ ।

थ्री स्टार विजयी भएका भने मनाङलाई एक अंङ्कले पछि पार्नेछ । यस्तोमा मनाङले जावलाखेलसँग कम्तीमा बराबरीमा रोक्नुपर्नेछ । गोल अन्तरमा मनाङ अगाडि रहेकोले जावलाखेलले हार टारे तेस्रोमै रहनेछ । मनाङ र थ्री स्टारले यस सिजन २-२ को बराबरी खेलेका थिए ।

यस्तै दिनको पहिलो खेलमा बिहान ८:४५ बजे हिमालयन शेर्पाले एनआरटी क्लबसँग खेल्नेछ । दुवै क्लब शीर्ष ६ को होडबाट बाहिरिसकेका छन् । त्यसैले लिगमा सुखद अन्त्य गर्ने दाउमा छन् ।

प्रतिक्रिया
34110cookie-checkशहीद स्मारक ए डिभिजन लिग शनिबार सकिँदै त्रिभुवन आर्मी र मछिन्द्र क्लब शनिबार खेल्दैछन्

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824