२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन

 मलेसिया । ५ लाख बढी नेपाली कार्यरत मलेशियामा पनि नोवल कोरोना भाइरसका विरामी फेला परेका छन् । तीनजनामा सो भाइरस फेला परेको मलेशियाको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । चीनको वुहान शहरमा असाध्यै संक्रमक रुपमा फैलिएको सो भाइरसकै कारण ४१ जनाको मत्यु भइसकेको जनाइएको छ ।

सो भाइरसका कारण हालसम्म नेपालमा एकजान विरामी फेला परेका छन् भनें अमेरिका, थाइल्याण्ड, दक्षिण कोरिया, जापाना, अष्ट्रेलिया, क्यानडामा पनि संक्रमितहरु फेला परेका छन् । मलेशियामा ३ लाख ८० हजार वैधानिक रुपमा नेपाली कार्यरत छन् । यसैगरी अवैधानिक रुपमा यहाँ बसेर काम गर्नेहरुको यकिन तथ्याँक नभएपनि ठूलै संख्या रहेको अनुमान गरिन्छ । तसर्थ मलेशियामा कार्यरत नेपालीले सो भाइरसबाट जोगिन सजग रहनु पर्ने देखिएको छ । सो भाइरसको संक्रमणको लक्षणहरुः

– १ सय दशमलव ४ भन्दा बढी ज्वरो आउनु
– घाँटी र टाउको दुख्नु
– रुघा र खोकी लाग्नु
– श्वासप्रश्वासमा समस्या देखिनु

सो भाईरसको संक्रमणबाट बच्न निम्नानुसारको सजगता अपनाउन जरुरी छः
– नियमित साबुन पानीले हात धुने
– फ्लुको लक्षण(रुघा, खोकी, श्वासप्रस्वासमा समस्या) देखिएमा चिकित्सकसँग परामर्श लिने
– जंगली तथा घरेलु पशुपंक्षीहरुको सम्पर्कबाट टाढा रहने
– खोक्दा, हाछ्युँ गर्दा नाक र मुख छोप्ने
– फ्लुका लक्षण देखिएका व्यक्तिसँग टाढा रहने
– मासु अण्डा राम्रोसँग पकाएर खाने

प्रतिक्रिया
31632cookie-checkमलेशियामा पनि नोवल कोरोना भाइरसका विरामी

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824