क्यान इन्फोटेक आईटी मेला सफलतापूर्वक सम्पन्न, ४५००० अवलोकन कर्ताको दाबी!
वीरगंज= नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फाटेक आईटी मेला २०२० सम्पन्न भएको छ । गत माघ ९ गतेबाट आयोजना भएको प्रभु पे क्यान ईन्फोटेक २०२० को माघ १३ गते सम्म करिब ४५ हजारभन्दा बढीले अवलोकन गरेका क्यान महासंघ पर्साका उपाध्यक्ष प्रशान्त कुमारले बताउनु भयो। क्यान इन्फोटेक मेला गत वर्षको २०१९ मा पनि आयोजन गरिएको थियो तर गत वर्ष भन्दा यस वर्ष राम्रै अवलोकन भएको छ।
क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहको सभापतित्वमा भएको समापन समारोहमा वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा क्यान महासंघ का पुर्व सचिव तथा एलबिईएफ कलेजका निर्देशक पंकज जलान, क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोक चौरसिया, क्यान पर्साका उपाध्यक्ष प्रशान्त कुमार, क्यान पर्साका सचिव जिवन प्रकाश गुप्ता, क्यान पर्साका सहसचिव गणेश सर्राफ, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, सिटिजन्स् बैक प्रदेश २ का प्रमुख दिवश सिंह ठकुरी, प्रभु पेका विजय अधिकारी लगायतकाको उपस्थिती रहेको थियो ।
५ दिनसम्म चलेको क्यान ईन्फोटेक २०२० मा सुचना प्रविधीसँग सम्बन्धीत करिब ६० भन्दा बढी स्टल राखिएका थिए । आइटि क्षेत्रमा भविष्य बनाउन चाह्नेहरुका लागि क्यान ईन्फोटेक पछिल्लो समय अध्ययन स्थलका रुपमा स्थापित भएको थियो ।