२०७७ बैशाख १६, मंगलबार
Close
बिज्ञापन
कृष्ण गुप्ता प्रतिक्रिया

क्वालालम्पुर मलेसिया :-   आज मलेसियामा नेपाल भ्रमण बर्ष २०२० को भब्य रुपमा उद्घाटनमलेसिया । नेपाली राजदुताबास मलेसियाले आज जनवारी ७ तारिख मलेसिया स्थित रिनाइसन्स होटलमा एक समारोहको आयोजना गरी नेपाल भ्रमण बर्ष २०२० को भब्य रुपमा उद्घाटन गरेको छ ।

२० लाख पर्यटन भित्र्याउने लक्ष्य राखी जनवरी ७ को दिन बिदेशमा रहेको सबै कुटनैतिक नियोगहरुले एकै साथ नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन समारोह आयोजना गर्नेे निर्णय अनुसार नेपाली राजदुतावास मलेसियाले आज उद्घाटन समारोह आयोजना गरेको हो । यस समारोहमा प्रमुख अतिथि मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्रि दातुक श्री मोहमद्दिन बिन केतापी रहेका थिए भने विभिन्न देशका राजदुत तथा प्रतिनिधिहरु, मलेसियाका परराष्ट्रमन्त्रालयका प्रतिनिधिहरु, पर्यटन प्रबर्द्धन सम्बन्धि सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, नेपाल र मलेसिया हवाई सेवाका प्रतिनिधि, टुर एण्ड ट्राभलका प्रतिनिधिहरु, होटल ब्यबासायी तथा ब्यापारी वर्ग र मिडियाहरुको प्रतिनिधिहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रमुख अतिथि दातुक श्री मोहमद्दिन बिन केतापीले नेपाल भ्रमण बर्ष २०२० सफलताको शुभकामना ब्यक्त गर्नुका साथै मलेसिया भ्रमण बर्ष २०२० मा मलेसिया आउन पनि निमन्त्रणा गरेका थिए । यसै क्रममा विश्वको धेरै पर्यटकको रोजाईमा नेपाल रहेको बिश्वास ब्यक्त गर्दै पर्यटन क्षेत्रको उचित बिकास र ब्यबास्थापन साथै नयाँ प्रबिधिको प्रयोगको अभिबृद्धि सबैले गर्नु पर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपालको बिकासको लागि पर्यटन क्षेत्रले खेल्ने भूमिका, नेपालको पर्यटनमा रहेका अवसरहरु, नेपाल र मलेसिय बिच पर्यटन प्रबर्द्धनमा हुने साझेदारी लगायत बिषयमा बोल्दै मलेसियन तथा अन्य देशका नागरिकहरुलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिएका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मोहमद्दिन बिन केतापी र राजदुत उदयराज पाण्डेले नेपाल बर्ष २०२० लेखिएको केक काटेर उद्घाटन गरेका थिए भने नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धनको लागि तयार गरिएको नेपालको महत्त्वपूर्ण र पुरातात्त्विक पर्यटकीय स्थलको भिडियो प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया
25580cookie-checkमलेसियामापनि नेपाल भ्रमण बर्ष २०२० को भब्य रुपमा उद्घाटन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824