२०७६ फाल्गुण १५, बिहिबार
Close
बिज्ञापन
आर एन चाैधरी थारु प्रतिक्रिया

क्वालालम्पुर (मलेसिया):= आउदो अङ्ग्रेजी नयाँ बर्ष २०२० को जनवरी महिनामा परेको चाईनिज न्यु-ईयर (नयाँ बर्ष)को शुभ अवसरमा ” एकता र मित्रताको लागी फुटबल ” भन्ने मुल नाराको साथ तीन दिने ( हिमालयन गोल्डकप-२०२०) मलेसियाब्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिईने भएको छ ।

मलेसियामा दर्ता भएको बैधानिकता प्राप्त गर्न सफल एक मात्र नेपाली फुटबल क्लब “हिमालयन फुटबल क्लब”ले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

जनवरी २५,२६,२७ तारिखको दिन राजधानी क्वालालम्पुर स्थित मरडेका स्टेडियममा आयोजना हुने सो फुटबल प्रतियोगितामा सहभागी हुने टिमले आरएम १,५५१ रिङ्गिट इन्ट्रान्स शुल्क (फि) आयोजकलाई तिर्नु पर्ने छ्न ।

खेलमा सहभागी हुन दर्ता गराउने समय जनवरी १० तारिख सम्म तोकिएको छ् भने जम्मा २६ वटा टिमलाई मात्र उक्त खेल प्रतियोगितामा सहभागी गराईने आयोजक क्लबको तर्फबाट शिव सुवेदीले जानकारी गराउनु भयो ।

यस् खेलमा बिजयी हुने,सहभागी हुने टिमबाट नै आउदो मेई महिनामा आयोजना हुन लागेको “Migrant Cup”को लागि खेलाडी छनौट गरिने छ ।

खेलमा बिजयी हुने टिमको लागी प्रथम पुरस्कार मलेसियन रिङ्गिट १० हजार , दोस्रो पुरस्कार ५ हजार , तेस्रो पुरस्कार २ हजार आयोजक क्लबले ब्यवस्था गरेको छ ।

हिमालयन फुटबल क्लब मुख्य आयोजक रहेको यस प्रतियोगिताको लागी नेपाली राजदुतावास मलेसिया, गोल नेपाल् ड्टकम,एनआरएनए,नेपसिया,प्रोपर्टियाज लगायतको सहयोगी प्रायोजकको रुपमा रहेको छ्न भने अफिसियल मिडिया पार्टनरमा हिमालयन टाईम्स सप्ताहिक,मलाया खबर अनलाईन रहेको छ।

प्रतिक्रिया
22190cookie-checkहिमालयन गोल्डकप-२०२०: मलेसियाब्यापी खुल्ला फुटबल प्रतियोगिता हुँदै

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
कार्यकारि सम्पादक : आर एन चाैधरी थारु
महा-प्रबन्धक : दिनेश कुमार बुढा
प्रबन्धक : कृष्ण गुप्ता
निर्देशक : जि एम यश चन्द्र

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
: [email protected]
फाेन : नेपालका लागि 9848399505
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
फाेन : 9868005824